जिशिकाको सपना अधुरोस् स्थानीय तहबाट ८ को परीक्षा
काठमाडौ, ७ मंसिर । शिक्षा मन्त्रालयले यो बर्षदेखि कक्षा ८ को जिल्लास्तरीय परीक्षा गर्ने जिमा स्थानीय निकायलाई दिएको छ । शिक्षा विभागले मंगलबार निर्णय गरी सबै स्थनीय निकायबाट कक्षा ८ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
विघटनको संघरमा पुगेका जिल्ला शिक्षा कार्यालयले अहिलेसम्म आफ्नो मातहतबाट विद्यालय सञ्चालन भइरहेको अवस्थामा जिशिकाबाटै परीक्षा सञ्चालन गर्न माग गर्दै आएका थिए ।तर मन्त्रालयले मंसीर ३ गते सचिवस्तरीय निर्णय गरी स्थानीय निकायबाट परीक्षा सञ्चालन गर्न शिक्षा विभागमा पत्राचार गरेपछि जिल्ला शिक्षा कार्यालयहरुको कक्षा ८ को अन्तिम परीक्षा सञ्चालन गर्ने सपना पूरा हुन सकेन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
