आकाशेपानी संकलनबाट डेढ सय घर लाभाम्वित
भक्तपुर, ५ मंसिर । जिल्लामै पहिलो पटक आकाशेपानी संकलन केन्द्र निर्माण गरिएको छ । उक्त केन्द्रको निर्माणसँगै भक्तपुर नगरपालिकाको वडा नं ८ लिवाली क्षेत्रका ६० भुकम्पपीडितसहित करिब डेढ सय घरपरिवार लाभाम्वित भएका छन् ।
गुथि नामक एक गैरसरकारी संस्थाको सक्रियता र लुमन्ती, काठमाडौ उपत्यका खानेपानी बोर्ड लगायतका साझेदार निकायको सहयोगमा करिब ४१ लाखको लागतमा उक्त केन्द्रको निर्माण पुरा गरिएको लिवाली गणेश भुकम्पपीडित पुनःस्थापना केन्द्रका अध्यक्ष नारायणप्रसाद खाईतुले जानकारी दिए ।
उक्त केन्द्रको आज भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गरेका छन् । केन्द्रको उद्घाटनपछि आजबाटै यस क्षेत्रमा खानेपानी वितरण पनि शुरु भएको छ । खानेपानीको चरम अभाव रहेको लिवालीमा अब खानेपानीको केही समस्या समाधान हुने स्थानीयले आशा गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५