​गाडीमा यात्रा गर्दा उल्टी हुन्छ ? जानिराख्नुहोस् रोक्ने घरेलु उपाय

भक्तपुर न्यूज

३ मंसिर २०७४ ९:३२

​गाडीमा यात्रा गर्दा उल्टी हुन्छ ? जानिराख्नुहोस् रोक्ने घरेलु उपाय

यात्रा गर्दा तपाईंलाई उल्टी हुन्छ ? समानधानका लागि के–के उपाय अपनाउनु भयो ? जे होस् तपाईं पीडित हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । केही सजिला उपाय छन् जसले यात्रामा उल्टीको समस्या समाधान गराइदिन्छ :

कागती सुँघ्नुहोस्
यात्रामा निस्किँदै हुनुहुन्छ भने साथमा एउटा पाकेको रसिलो कागती अवश्य राख्नुहोस् । जब असहज हुन्छ तब कागती कोट्याएर सुँघ्नुहोस्, उल्टी आउँदैन ।

ल्वाङ खानुहोस्
थोरै ल्वाङ भुटेर पिन्नुहोस् । पिनेर एउटा डब्बामा राख्नुहोस् । यात्रामा निस्किनुअघि यसको एक चुट्की चिनी या बिरे नुनमा मिसाएर मुखमा राख्नुहोस् । उल्टी रोकिन्छ ।

कागती र पुदिना
कागती र पुदिनाको जुस तयार पारेर यात्रामा निस्किँदा बोक्नुहोस् । यो जुमा बिरेनुन राखेर यात्रामा थोरै–थोरै गर्दैै सेवन गर्नुहोस् । राहात मिल्छ ।

पत्रिका बिछ्याउनुहोस्
यात्रामा निस्किँदा एक पातो पत्रिका बोक्नुहोस् । सिटमा पहिले पत्रिका बिछ्याएर बस्दा पनि उल्टी आउँदैन ।

जिरा पाउडर
यात्राका लागि घरबाट निस्किनुअघि जिराको धुलो पानीमा मिलाएर पिउनुहोस् । यो पिउँदा उल्टी हुँदैन ।

अदुवा राखेको चिया
अदुवा राखेको चियामा एन्टी इमेटिक तत्व हुन्छ । यस्तो चिया पिउँदा उल्टी हुनबाट रोकछ ।

प्याजको रस
यात्रामा हुने उल्टीबाट बच्नको लागि यात्रामा जान भन्दा पहिला १ चम्चा प्याजको रसमा १ चम्चा अदुवाको रस मिसाएर खानुहोस । यसले तपाईलाई यात्राको समयमा उल्टी आँउदैन तर यदि यात्रा लामो छ भने यो रसलाई बनाएर साथमा पनि राख्न सक्नुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *