एजेन्सी, २९ कार्तिक । आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारी स्वरुप भएको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नाइजेरियाले अर्जेन्टिना पराजित गरेको छ । गएराति अर्जेन्टिनाका लियोनल मेस्सी बिना भएको खेलमा नाइजेरियाले अर्जेन्टिनालाई ४–२ ले पराजित गरेको हो ।
नाइजेरियाका लागि केलिची इहिनाचो, ब्रायन इडोउले एक एक र एलेक्स इवोबीले दुई गोल गरे । यस्तै, अर्जेन्टिनाका लागि एभर बानेगा र सर्जियो अग्युरोले गोल गरे ।
मैत्रिपूर्ण खेल अन्तर्गत राति नै भएका अरु खेलमा बेल्जियमले जापान तथा स्लोभाकियाले नर्वेलाई समान १–०, कोलम्बियाले चीनलाई ४–० तथा नेदरल्याण्डसले रोमानियालाई ३–० ले हरायो । यस्तै वेल्स र पानामा, दक्षिण कोरिया र सर्बिया तथा कतार र आइसल्याण्डले १–१ को बराबरी खेले ।
अर्जेन्टिना नाइजेरियासँग हार्यो
0
Share.
Comments