नेपाल यु १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश
एजेन्सी, २९ कार्तिक । मलेसियामा जारी एसीसी यू १९ एसिया कपमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । हिजो भएको खेलमा बंगलादेशले भारतलाई पराजित गरेपछि नेपाल सेमिफाइनल पुगेको हो ।
बंगलादेशको जितसँगै नेपाल समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ भने भारत समूह चरणबाटै बाहिरिएको छ ।
नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । यसअघि नेपालले आइतबार भारतलाई १९ रनले पराजित गरेको थियो । पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।
समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । नेपालले आफ्नो सेमिफाइनल खेल समूह ‘ए’को विजेता अफगानिस्तानसँग शुक्रबार खेल्ने छ । बिहीबार हुने अर्को सेमिफाइनलमा भने समूह ‘ए’को विजेता बंगलादेश र समूह ‘बि’को उपविजेता पाकिस्तान भिड्ने छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२