शिक्षा ऐन विरुद्धको मुद्धामा अग्राधिकार, कारण देखाउ आदेश
काठमाडौं, २९ कात्तिक । शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक इजलास दर्ता भएको मुद्धामा सर्वोच्च अदालतले अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण देखाउ आदेश जारी गरेको छ । यस अघि २ पटक बस्न नसकेको ईजलास मंगलबार बसेको थियो ।
मुद्धामा बहस गर्दै बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, चन्द्रकान्त ज्ञवाली, तीर्थ राज बसौला र अधिवक्ताहरु ललित बस्नेत, हरीश्चन्द्र तिमिल्सिना र ज्योती बानियाँले ऐन संशोधन संविधान विपरीत भएको तर्क गरेका थिए । बहस पछि इजलासले मुद्धालाई अग्राधिकार दिदैं विपक्षीका नाममा सात दिन भित्र कारण पेश गर्न आदेश दिएको हो ।
संविधानले प्रदान गरेको अधिकार विपरीत संसद् र सरकारले कानुन निर्माण गर्न सक्ने भएकाले त्यसलाई हेर्न सर्वोच्च अदालतमा संबैधानिक इजलास गठन गरिएको हो । शिक्षा ऐनको संशोधन सार्वजनिक शिक्षा ध्यवस्त पार्ने प्रपञ्च भएको भन्दै चौतर्फि विरोध भएको थियो ।