जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा तालाबन्दी
धनुषा, २७ कार्तिक । रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा अध्ययन गर्ने बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको मूल ढोकामा ताला लगाएका छन् । पठनपाठनमा क्याम्पस प्रशासनले ध्यान नदिएपछि आज बिहान बीबीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसको मूल ढोकामा ताला लगाएका हुन् ।
क्याम्पस प्रमुख र कर्मचारीबीचको विवादको कारण क्याम्पसको पठनपाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको छ । विद्यार्थी आशिष मिश्रले आफूले पटक पटक क्याम्पस प्रमुखलाई वार्ताको लागि गरेको आग्रहमा अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
