बैंकहरुको नाफा घट्दो तर लगानी प्रवृत्ति उस्तै
काठमाडौं २४ कात्तिक । चालु आर्थिक वर्ष २०७३÷७५ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ११ वटाको नाफा घटेको छ ।गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम रहँदा यसको प्रभाव बैंकहरुको नाफामा पारेको हो ।
‘बैंकहरुले उच्च लागतमा निक्षेप लिनुपर्ने अवस्था आएपछि कर्जाको आधार व्याजदर बढ्यो तर त्यो वृद्धिको लागत बैंकहरुले नै उठाउनुपर्यो, तीव्र प्रतिस्पर्धाको कारण ग्राहकमा भार पारिएन,’ सानिमा बैंकका प्रमूख कार्यकारी अधिकृत भुवन दाहालले भने ।
दाहालका अनुसार भदौं यता कर्जा लगानी बढेकोले बैंकहरुको आम्दानीमा सुधार हुनसक्ने देखिएको भएपनि बैंकहरुले कर्जाको व्याजदर कम गर्न थालिरहेकाले आगामी दिनमा कस्तो अवस्था देखिनेछ तत्काल भन्न सकिदैन् ।
२६ वटा बैंकको वित्तीय विवरण प्रकाशित भएकोमा कुल नाफा ८ अर्ब ७४ करोड रुपैयाँ पुगेको हो । नाफामा ६।२८ प्रतिशतको वृद्धि भएको हो । गत आवमा यस्तो नाफा ८ अर्ब २३ करोड रुपैयाँ नाफा रहेको थियो । गत वर्ष बैंकहरुको पूँजीको लागत औसत ३ प्रतिशतको हाराहारीमा रहेकोमा यसपटक बढेर ६ प्रतिशतमा रहेको छ ।