उपत्यकाका ७ नदी सरकारका चुनौती
काठमाडौ, २२ कात्तिक । उपत्यकामा रहेको बागमतिसहितका ७ वटा नदी पूर्ण सरसफाईमा सरकारको ठूलै चुनौती देखिएको छ । उपत्यकाभित्रबाट बग्ने विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमती, इन्द्रमती, नख्खु र कोट्खु नदी सरसफाइमा सरकारको चुनौती देखिएको हो ।
बाग्मती सभ्यताको पहलमा चारवटा प्रशोधन केन्द्रको प्रक्रिया अगाडि बढेपनि सरकारी तदारुकताको अभावमा कार्यान्वयनको समस्या नै छ । नदीले ओगटेको कुल क्षेत्रमध्ये १० प्रतिशत जग्गाको मुआब्जा दिनुपर्ने देखिएको छ । तर, अहिलेसम्म गोकर्णदेखि गुहेश्वरी क्षेत्रका स्थानीयले मात्रै मुआब्जा पाएका छन ।
बाग्मती सुधार आयोजनाको नाममा सन २०१४ देखि २०१९ सम्मको योजना बनाएर एसियाली विकास बैंक र नेपाल सरकारले करिब साढे तीन अर्ब रुपैयाँ खर्चंदै आएको सेतले बताएको छ । सुधार योजनाअन्तर्गत सरकारले ६० करोड रुपैयाँ र बाँकी करिब तीन अर्ब एडीबीले खर्च गर्ने भएको छ । सुधार योजनामा खर्च भइरहेको यो रकमबापतको यकिन प्रगति भने समितिसँगै छैन् ।
समितिले १४ वर्षको योजनाअनुसार आठ वर्षमा ३३ प्रतिशत रकम खर्च गरिसकेको बाग्मती सभ्यता एकीकृत विकास समितिका उपयोजना प्रबन्धक योगेन्द्र चित्रकारले जानकारी दिए । अबको ६ वर्षमा सरकारबाट विनियोजन भएको १५ अर्बमध्ये नौ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने बताईएको छ ।
