यस्तो रहस्य रहेछ, लेबनानका प्रधानमन्त्रीले राजीनामा गर्नुको

भक्तपुर न्यूज

१९ कार्तिक २०७४ ९:३९

यस्तो रहस्य रहेछ, लेबनानका प्रधानमन्त्रीले राजीनामा गर्नुको

लेबनानका प्रधानमन्त्री साद अल हरिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूलाई ज्यानको जोखिम रहेको भन्दै उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । उनले साउदी अरबबाट टेलिभिजन सम्वोधन गर्दै राजीनामा घोषणा गरे जसलाई अप्रत्याशित भनिएको छ । उनी केही दिनयता साउदी अरबको भ्रमणमा छन् ।
सन् २००५ मा उनका पिता एवम् पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्या भएको थियो । अहिले पनि त्यतिबेलाको जस्तै अवस्था आएको भन्दै उनले भनेका छन्- मलाई निशाना बनाउनका लागि गुपचुप तरिकाबाट योजना बनिरहेको छ ।
साद अल हरिरी गत वर्ष नोभेम्बरमा प्रधानमन्त्री बनेका थिए । त्यसअघि उनी सन् २००९ देखि २०११ सम्म पनि प्रधानमन्त्री बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *