ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

भक्तपुर न्यूज

१७ कार्तिक २०७४ ६:१४

ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु

मोरङ, १७ कात्तिक । विराटनगर महानगरपालिका–८, देवकोटा चौकनजिक हिजो साँझ ट्र्याक्टरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
विराटनगर–रंगेली सडकखण्डअन्तर्गत पश्चिमबाट पूर्व आउँदै गरेको को १ त ५९४७ नंको ट्र्याक्टरको ठक्करबाट साइकलयात्री कटहरी गाउँपालिका–४ बस्ने ४० वर्षीय वसन्त ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्र्याक्टरको ठक्करबाट उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिए । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय