निर्वाचनका लागि चार हजार ७०८ को उम्मेदवारी

भक्तपुर न्यूज

१७ कार्तिक २०७४ १:५७

निर्वाचनका लागि चार हजार ७०८ को उम्मेदवारी

काठमाडौँ, १७ कात्तिक । दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको छ ।

४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको निर्वाचन आयोगले जनाएको छ । संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार विहिबार बेलुका ८ः३० बजेसम्म प्रतिनिधि सभातर्फ एक हजार ७ सय ४२ र प्रदेश सभातर्फ दुई हजार ९ सय ६६ उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधि सभातर्फ १ सय २६ र प्रदेश सभातर्फ २ सय ९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय