इन्धनको मुल्य बढ्यो, ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बृध्दि

भक्तपुर न्यूज

१६ कार्तिक २०७४ २:०६

इन्धनको मुल्य बढ्यो, ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बृध्दि

काठमाडौं, १६ कात्तिक । नेपाल आयल निगमले बुधबार इन्धनको मुल्य बढाउने क्रममा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र एलपी ग्यासको भाउ बढेको हो । निगमले पेट्रोलको मुल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलमा १ रुपैयाँ ५० पैसा तथा ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको हो ।

नयाँ मुल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ । यस्तै, ग्यासको नयाँ मूल्य प्रति सिलिन्डर १ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । बढेको मुल्य बिहीबारदेखि नै लागु भएको निगमले बताएको छ ।

इन्डियन आयल कर्पोरेसन्स ९आइओसी० ले पठाएको नयाँ मूल्य सूची अनुसार इन्धनको मुल्य समायोजन गरिएको निगमले जनाएको छ। आइओसीले अंग्रेजी महिनाअनुसार प्रत्येक एक र १६ तारिकमा नयाँ मुल्य सूची आयल निगमलाई पठाउने चलन छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *