बाम गठबन्धनले एकदलीय तानाशाह लाद्ने : मन्त्री बस्नेत

भक्तपुर न्यूज

१३ कार्तिक २०७४ ५:११

बाम गठबन्धनले एकदलीय तानाशाह लाद्ने : मन्त्री बस्नेत

भक्तपुर, १३ कार्तिक । सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले बाम गठबन्धन एकदलीय तानाशाह लाद्न बनेको बताएका छन् ।
भक्तपुर काँग्रेसका वरिष्ठ नेता राम बहादुर ठकुरीको संस्मरणात्मक आत्म बृतान्त नलेखिएको इतिहासको लोर्कापण गर्दै मन्त्री बस्नेतले एमाले र माओवादी केन्द्रको बामगठवन्धनले मुलुकको प्रजातन्त्र खतरा पर्ने बताउँदै बाम गठबन्धन सरकारमा आए एकदलीय तानाशाह लाद्ने वताए ।
उनले आसन्न निर्वाचनमा बाम गठबन्धन र लोकतन्त्रवादीबीच कडा टक्कर हुने बताए । उनले सशस्त्र द्वन्द्व कालमा माओवादीले हजारौं नेपालीहरुले हत्या गरेकोे स्मरण गर्दै आसन्न निर्वाचनमा मतदाताले वाम गठवन्धनलाई मत नखसाल्ने दावी गरे ।
कार्यक्रममा भक्तपुर काँग्रेसका सभापति दुर्लभ थापा, निवर्तमान सांसद रामेश्वर प्रसाद ढुंगेल, पूर्व साँसद लेखनाथ न्यौपाने लगायतले भक्तपुर काँग्रेसका वरिष्ठ नेता ठकुरीको योगदानको प्रशंसा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *