गोबिन्दको चेतावनी रामचन्द्रलाई जमानत जफत हुन्छ
काठमाडौं ९ कार्तिक । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले तनहूँ क्षेत्र नम्बर १ बाट रामचन्द्र पौडेल चुनाव लडेमा उनको जमानत जफत हुने चेतावनी दिएका छन् । दमौलीमा शक्ति प्रदर्शनसहित आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जोशीले तनहूँ क्षेत्र नम्बर १ का कांँग्रेस कार्यकर्तालाई पौडेल विरुद्ध विद्रोहका लागि तयार रहन आग्रह गरे । पौडेललाई तनहूँ क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न दिएको सल्लाह नमाने उनको जमानत जफल हुने र त्यो पौडेलका लागि राजनीतिक आत्महत्या सावित हुने बताए ।
आफूले पौडेललाई आत्महत्या गर्नबाट बचाउनको लागि तनहूँ क्षेत्र नम्बर १ मा चुनाव नलड्न सल्लाह दिएको जोशीको भनाई थियो । तनहुँका जनता पौडेलबाट धेरै लामो समयसम्म ठगिएको भन्दै जोशीले अब जनताको भावना अनुसार नै आफू चुनाव लड्न लागेको बताए । आफूलाई पार्टीले टिकट दिए पनि नदिए पनि तनहूँ क्षेत्र नम्बर १ का जनताले टिकट दिइसकेको र उनीहरुकै बलमा चुनाव जित्ने दावी जोशीले गरे ।