पौडेलका सम्धी बने पुनर्निर्माण प्राधिकरणका नयाँ सीईओ
काठमाडौं, ६ कार्तिक । सरकारले पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख (सीईओ)मा पूर्वसचिव युवराज भुसाल नियुक्त गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पुनर्निर्माण प्राधिकरणका सिइओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै युवराज भुषाललाई नयाँ सिइओको रुपमा नियुक्त गरेको छ ।
२०७३ पुसमा सरकारले प्राधिकरणका सिइओ ज्ञवालीलाई बर्खास्त गरेको थियो। उनको बर्खास्तीपछि मन्त्रिपरिषद् बैठकले नयाँ सिइओमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको थियो।
बैठकले पूर्वसचिव भुसाललाई तत्कालका लागि काम गर्ने गरी प्राधिकरणमा नियुक्त गरेको हो । भुसाल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
