कांग्रेस नयाँ शक्ति तालमेल, बाबुराम बने उम्मेदवार
गोरखा ४ कार्तिक । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नं २ बाट चुनाव लड्ने भएका छन् । उनी कही हप्ता अघिमात्र सिट बाँडफाँटका बिषयमा कुरा नमिलेपछि वाम गठबन्धबाट बाहिरिएका थिए ।
भट्टराई बाम गठबन्धन छाडेपछि कांग्रेससँगको गठबन्धनमा गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन् । कांग्रेसको बैठकले भट्टराईलाई क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साझा उमेदवार बनाउने निर्णय गरेको काँग्रेसका एक नेताले जानकारी दिए । ।
नयाँ शक्तिसँग चुनावी तालमेल गरेको नेपाली कांग्रेसले क्षेत्र नं २ मा भट्टराईलाई सहयोग गर्ने निर्णय गरेको हो । बाबुरामले गोरखा २ बाट कांग्रेससँगको तालमेलमा चुनाव लड्ने भएपनि आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुङ्गो भने आइतबार लाग्ने जनाईएको छ । गोरखा क्षेत्र नं १ मा भने कांग्रेसले प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई टिकट दिएको छ । क्षेत्र नम्वर २ मा भट्टराइलाई सघाउने भएपछि क्षेत्र नं। १ मा नयाँ शक्तिले कांग्रेसलाई सघाउने सहमति भएको कांग्रेसका एक नेताले बताए ।
त्यस्तै क्षेत्र नं। २ को ९ख०मा प्रकाश चन्द्र दुवाडी उमेदवार बन्ने भएका छन् भने ९क० भने नयाँ शक्तिलाई दिने सहमति भएपनि उमेदवारको टुङ्गो लागेको छैन ।
