विनाविभागीय मन्त्रीको बिजोग, थोत्रा कुर्सी र सोफा

भक्तपुर न्यूज

१ कार्तिक २०७४ १:३८

विनाविभागीय मन्त्रीको बिजोग, थोत्रा कुर्सी र सोफा

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

‘मन्त्रीज्युहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ’, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा व्यवस्था गरिएको छ ।’ राज्यमन्त्रीलाई भने अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री कार्यालयको बैठक हलमा बस्ने व्यवस्था गरिएको छ ।आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

मुख्य सचिव क्षेत्रीले विनाविभागीय बनाइए पनि माओवादीतर्फबाट सरकारमा सहभागी मन्त्रीहरु मन्त्रिपरिषद् बैठकमा भने सहभागी हुन सक्नेछन् । उनले विनाविभागीय मन्त्रीहरुलाई मन्त्रिपरिषदमा छलफल हुने एजेन्डा पठाइने बताए । ‘उहाँहरुको कुनै मान्त्रालय नहुने मात्रै हो,बाँकी मन्त्रीको रुपमा पाउने सुबिधा सबै पाइराख्नुहुन्छ,’मुख्यसचिब क्षेत्रिले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *