एजेन्सी, २९ असोज । सोमालियाको राजधानी मोगादिशुमा बम आक्रमण हुँदा कम्तिमा ३० जनाको मृत्यु भएको छ । मोगादिसुको व्यस्त क्षेत्रमा रहेको एक होटलको प्रवेशद्वार नजिक विस्फोटक पदार्थले भरिएको लरी विस्फोट भएको प्रहरीले जनाएको छ ।
घटनामा धेरै मानिस घाइते भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । अहिलेसम्म आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।
विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । विस्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए । मोगादिशुमा यस्तो आक्रमण धेरै हुने गरेको छ । यस्तै मादिना जिल्लामा भएको अर्को बम आक्रमणमा दुईजनाको मृत्यु भएको छ ।
मोगादिसुमा भएको शक्तिशाली बम विस्फोटमा ३० को मृत्यु
0
Share.
Comments