काठमाडौं, २७ असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा हङकङले नेपालसामू १९५ रनको बिजय लक्ष्य दिएको छ ।
हङकङको टिन कङ रिक्रिएसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै १९४ रन बनायो । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
नेपालका लागि बसन्त सन्दिप लामिछानेले ३ तथा करण केसी र बसन्त रेग्मीले समान २–२ विकेट लिए । सुशन भारीले १ विकेट लिए भने बाँकी खेलाडी रन आउट भए ।
विश्वकप छनौट खेलमा खेल्नका लागि ८ वटा टोली यति बेला प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले विश्वकप छनौट खेल्न पाउनेछन् ।
हालसम्म १० खेल खेलेको नेपाल मात्र ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । नेपाल आफ्ना १० खेलमध्ये ४ मा जीत तथा ६ मा हार बेहोरेको छ । हङकङ भने ११ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
नेपालसामू १९५ रनको लक्ष्य
0
Share.
Comments