मोहनविक्रमले लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने
काठमाडौं, २६ असोज । मोहनविक्रम सिंहको नेकपा मसालले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल नगर्ने निर्णय गरेको छ ।
चुनावमा तालमेलका लागि लोकतान्त्रिक र वाम दुवै गठबन्धनसँग वार्ता गर्दै आएको मसालले सरकारले संविधान संशोधन विधेयकलाई फेरि पेश गर्ने सोच राखेको तथा निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी मन्त्रिपरिषद विस्तार गरेकाजस्ता घटनाका कारण आफूहरु वामपन्थी गठबन्धनमा जान तयार रहेको नीति तय गरेको जनाएको हो ।
पार्टीका महामन्त्री मोहनविक्रम सिंहले बुधबार जारी गरेको विज्ञप्तिमा वामपन्थीहरुसँग तालमेल नभएमा एक्लै पनि चुनाव लड्ने उद्घोष गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
