कोपा अमेरिका विजेता चिलीको विश्वकप खेल्ने सपना अधुरै रह्यो
एजेन्सी, २५ असोज । कोपा अमेरिका विजेता चिली आगामी वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुन सकेन । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत आज बिहान भएको खेलमा ब्राजिलसँग ३–० ले पराजित भएसँगै विश्वकपका लागि छनौट हुन नसकेको हो ।
ब्राजिलका लागि पाउलिन्होले एक तथा गाब्रियल जिससले दुई गोल गरे । चिलीलाई कम्तिमा प्ले–अफमा स्थान बनाउनका लागि एक गोल अन्तरको हार चाहिन्थ्यो । चिलीका एलेक्स सान्चेज, अटुसो भिडालसहितका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए । तर सफल भने हुन सकेनन् ।
कोलम्बियासँग १–१ को बराबरी खेलेको पेरु गोल अन्तरमा अघि रहँदै पाँचौं स्थानमा रहेर प्ले–अफमा स्थान बनाउन सफल भयो । पेरु र चिलीको समान २६ अंक भएपनि गोल अन्तरमा पेरु अघि रहेपछि चिलीको विश्वकप खेल्ने सपना टुट्यो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५