बस दुर्घटना हुँदा तीनको मृत्यु
नेपालगञ्ज, २४ असोज । बाँकेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका १ लौकी खोलामा काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबहाक बस सडकबाट १५ मिटर तल खोलामा खसेको हो ।
उनीहरुको कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकबहादुर तामाङले बताए । दुर्घटनामा मृत्यु भएकाहरु र घाइते भएकाहरुको नाम, ठेगाना खुल्न सकेको छैन् । दुर्घटनास्थल नेपालगञ्जबाट करिब १०० किलोमिटर दाङतर्फ पर्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५