नयाँ पुस्तालाई नेतृत्व सुम्पन भण्डारीको आग्रह

भक्तपुर न्यूज

८ वैशाख २०८३ १३:५२

नयाँ पुस्तालाई नेतृत्व सुम्पन भण्डारीको आग्रह
काठमाडौं ।  चन्द्र भण्डारीले राजनीतिक दलहरूमा सुधारका लागि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत विगतका कमजोरीहरूको आत्मसमीक्षा गर्दै जनतासँग माफी मागेर नयाँ पुस्तालाई अगाडि ल्याउनु अहिलेको आवश्यकता भएको उल्लेख गरेका हुन्।
नेता भण्डारीले दलहरू जनताको वास्तविक आवश्यकता भन्दा पनि सत्ताको दाउपेच र चुनावी समीकरणमा केन्द्रित भएको टिप्पणी गरेका छन्। जनताको चाहना नबुझी सञ्चालन गरिएका राजनीतिक ‘दुकान’ पुरानै नेतृत्वले सिँगार्दा पनि सफल नहुने उनको भनाइ छ।
उनका अनुसार दलहरूले कोसँग मिल्ने वा नमिल्ने भन्ने विषय जनताको प्राथमिकता नभई सत्तामा हुँदा गुमेको विश्वास पुनःस्थापना गर्नु मुख्य चुनौती हो।
उनले आम नागरिकले अब आश्वासनभन्दा ठोस परिणाम खोजिरहेको भन्दै दलका सिद्धान्त र नेतृत्व दुवैमा समयसापेक्ष परिवर्तन आवश्यक रहेको बताएका छन्।
साथै, उनले अन्धभक्ति, चाप्लुसी र मीठा कुरा गरेर जनतालाई भ्रममा पार्ने प्रवृत्तिलाई घातक रोगको संज्ञा दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय