एसपी केसीमाथि छानबिन गर्न समिति गठन

भक्तपुर न्यूज

८ वैशाख २०८३ १३:४९

एसपी केसीमाथि छानबिन गर्न समिति गठन
काठमाडौं ।  मधेश प्रदेश प्रहरी कार्यालय ले जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी गौतम केसीमाथि छानबिन गर्न समिति गठन गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अवि नारायण काफ्ले का अनुसार एसएसपी कमल थापा को नेतृत्वमा समिति बनाइएको हो।
समितिले काम सुरु गर्दै एसपी केसीसँग सोधपुछ थालेको जनाएको छ। एसपी केसी र एक व्यक्तिबीचको फोन संवाद सार्वजनिक भएपछि विवाद बढेको थियो। उक्त संवादमा उजुरी लिन असहज भएको र प्रहरीले सहजीकरण नगरेको गुनासो गरिएको सुनिन्छ।
सोही विषयको सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय