गोली चलाएर ५१३ ग्राम ब्राउन सुगरसहित एक पक्राउ
काठमाडौं । मोरङ प्रहरी कार्यालय ले गोली चलाएर लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गरिएको कारबाहीमा २१ वर्षीय मोहम्मद आविद मियाँ पक्राउ परेका हुन्।
भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा उनी भागेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख कवित कटवाल ले जानकारी दिएका छन्।
पक्राउ परेका मियाँको साथबाट करिब ५१३ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित) बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र उनी प्रारम्भिक रूपमा लागुऔषध कारोबारमा संलग्न रहेको देखिएको
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
