जापानमा सैन्य अभ्यासका क्रममा ट्यांक विस्फोट, ३ सैनिकको मृत्यु
काठमाडौं । जापान मा सैन्य अभ्यासका क्रममा भएको ट्यांक विस्फोटमा तीन सैनिकको मृत्यु भएको छ।
प्रधानमन्त्री साने ताकाइची का अनुसार दक्षिणपश्चिम जापानको ओइता प्रिफेक्चरस्थित हिजुदाई तालिम क्षेत्रमा मंगलबार बिहान ट्यांकको गोला अचानक विस्फोट हुँदा दुर्घटना भएको हो।
घटनामा दुई जना ३० वर्षका र एक जना ४० वर्षका सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
रक्षामन्त्री शिन्जिरो कोइजुमी ले घटनाको कारणबारे अनुसन्धान भइरहेको र सुरक्षा व्यवस्थालाई थप कडा बनाइने बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार ट्यांक अभ्यासका क्रममा गोला फायर हुनुअघि नै विस्फोट भएको जनाइएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
