काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा देखाएको मौनतामाथि प्रश्न उठाएकी छन्। सामाजिक सञ्जालमार्फत उनले पहिलो अधिवेशनभर प्रधानमन्त्री नबोलेको भन्दै असन्तुष्टि जनाएकी हुन्।
बमले संसद्मार्फत राष्ट्रलाई सम्बोधन गर्नु प्रधानमन्त्रीको कर्तव्य भएको उल्लेख गर्दै “कुरा कम, काम बढी” शैलीले मात्रै नपुग्ने बताएकी छन्। उनले जनतालाई प्राविधिक समाधानसँगै नेतृत्वको मनोवैज्ञानिक साथ पनि आवश्यक पर्ने धारणा राखेकी छन्।
उनले प्रधानमन्त्रीलाई आफ्नो कार्यशैली सच्याउन सुझाव दिँदै आफूलाई असीमित नठान्न चेतावनीसमेत दिएकी छन्।
उल्लेख्य, राष्ट्रपतिको निर्णयअनुसार रामचन्द्र पौडेलले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका थिए।