काठमाडौं । बागमती स्विट्स प्रा.ली.को उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त अनुगमनपछि यस्तो निर्णय गरिएको हो।
अनुगमनका क्रममा उद्योगमा सरसफाइ अत्यन्तै कमजोर भेटिएको तथा ड्राइफुड्सका लागि राखिएको बदाममा कीरा परेको पाइएपछि करिब ५ किलो बदाम जफत गरी नष्ट गरिएको थियो। साथै, कीट नियन्त्रण र स्वास्थ्य मापदण्डसमेत पालन नभएको पाइएको छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार अर्को आदेश नभएसम्म उत्पादन र बिक्री पूर्ण रूपमा रोक्का गरिएको छ। उद्योगलाई ३ दिनभित्र सुधार गरी प्रमाणसहित उपस्थित हुन निर्देशन दिइएको छ।