खड्कासँग कांग्रेस अनुशासन समितिको स्पष्टीकरण माग
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण मागेको छ। नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरेको आरोप लागेको हो।
यसअघि चेतावनी दिइए पनि खड्काले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पक्राउ तथा सदस्यता विवादमा पुनः विज्ञप्ति निकालेपछि समितिले कारबाही प्रक्रिया अघि बढाएको हो।