पाल्पामा टिपर दुर्घटना: ४ जनाको मृत्यु

भक्तपुर न्यूज

८ चैत २०८२ ११:०७

पाल्पामा टिपर दुर्घटना: ४ जनाको मृत्यु
पाल्पाको माथागढी गाउँपालिका–७ रहबासस्थित भित्री सडकमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। झडेवाबाट रहबासतर्फ चुनढुंगा खानी जाँदै गरेको लु२ख ४५२५ नम्बरको टिपर करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा चालक अर्घाखाँची सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देही देवदह नगरपालिका–२ का अन्दाजी २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवा बस्ने ३३ वर्षीय राजन चिदीको मृत्यु भएको छ।
प्रहरीका अनुसार तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय