इनिशा विक हत्या प्रकरण : काँकरभिट्टामा विरोध प्रदर्शन

भक्तपुर न्यूज

२ चैत २०८२ १३:१४

इनिशा विक हत्या प्रकरण : काँकरभिट्टामा विरोध प्रदर्शन

काठमाडौं । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाहीको माग गर्दै झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ।

प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा हनुमान मन्दिर परिसरबाट निकालिएको र्‍याली नगरका विभिन्न भाग हुँदै पूर्वी प्रवेशद्वार पुगेर खबरदारी सभामा परिणत भएको थियो।

प्रदर्शनमा मेचीनगर क्षेत्रका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए। उनीहरूले दोषीलाई कडा सजाय दिन र घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

सभालाई अम्बिका भण्डारी, सुभद्रा भट्टराई, राधा प्रधान, पूजा सापकोटाविनय कार्कीले सम्बोधन गर्दै पीडित परिवारलाई छिटो न्याय दिन सरकारसँग माग गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय