रवि लामिछाने मुद्दाको सुनुवाइ गरेका न्यायाधीशविरुद्ध उजुरी

भक्तपुर न्यूज

२ चैत २०८२ १३:०९

रवि लामिछाने मुद्दाको सुनुवाइ गरेका न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दाको रिट सुनुवाइ गरेको विषयलाई लिएर सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध न्यायपरिषद्मा उजुरी परेको छ।

लामिछानेविरुद्ध विभिन्न जिल्लामा दर्ता भएका सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा पोखरेलले सुनुवाइ गरेपछि विवाद उत्पन्न भएको हो।

रिट निवेदक युवराज पौडेलले न्यायाधीश पोखरेल पहिले लामिछानेका वकिलको रूपमा काम गरेको उल्लेख गर्दै आचारसंहिताविपरीत सुनुवाइ गरेको दाबी गरेका छन्। उनले न्यायाधीशलाई सुनुवाइबाट अलग हुन आग्रह गरे पनि अस्वीकार गरिएको भन्दै न्यायपरिषद्मा उजुरी दिएका हुन्।

उक्त रिट आइतबार न्यायाधीश पोखरेल र न्यायाधीश सारङ्ग सुवेदीको इजलासमा पेश भएको थियो। मुद्दा हेर्दा–हेर्दैमा राखिएको छ र सोमबार पनि सुनुवाइ जारी रहने बताइएको छ।

उजुरी दर्ता गर्ने विषयमा परिषद्का सचिव जितेन्द्रबाबु थपलियाले प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष प्रकाशमान सिंह राउतसँग परामर्श गरेर निर्णय गरिने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय