वेल्सको विश्वकप सपना टुट्यो

भक्तपुर न्यूज

२४ असोज २०७४ २:२५

वेल्सको विश्वकप सपना टुट्यो

एजेन्सी, २४ असोज । वेल्सले आगामी वर्ष रुसमा हुने विश्वकप खेल्ने सपना टुटेको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत गएराति भएको महत्वपूर्ण खेलमा रिपब्लिक अफ आयरल्याण्डसँग १–० ले पराजित भएपछि वेल्सको विश्वकप सपना टुटेको हो ।
पहिलो हाफमा गोलरहित बराबरी भएपनि खेलमा ५७ औं मिनेटमा जेम्स म्याकक्लिनले गोल गर्दै रिपब्लिक अफ आयरल्याण्डले खेल जित्यो ।
आयरल्याण्डका लागि म्याकक्लिनकै गोल प्ले–अफमा स्थान बनाउन सहायक बन्यो भने वेल्सलाई त्यही गोलले छनौट चरणबाट बाहिरिन बाध्य पार्‍यो । यो खेल जितेको भए वेल्सले विश्वकप छनौटका लागि प्ले–अफ खेल्ने मौका पाउने थियो ।
समूह ‘डी’ बाट शीर्ष स्थानमा रहेको सर्बियाले सोझै विश्वकपमा स्थान बनाएको छ । १९ अंक रहेको आयरल्याण्ड दोस्रो स्थानमा रहँदै प्ले–अफमा पुग्ने भएको छ । तर १७ अंक भएको वेल्स भने बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *