पश्चिम एसिया युद्धको असर: भिटेन र ‘कुमा सागर एन्ड द ख्वपः’ को विदेश टूर स्थगित
पश्चिम एसियामा जारी युद्धको असर नेपाली कलाकारका सांगीतिक कार्यक्रममा पनि देखिन थालेको छ। विभिन्न देशमा तय भएका कन्सर्टहरू धमाधम स्थगित हुन थालेका छन्।
गतसाता कुमा सागर एन्ड द ख्वपः ब्यान्डले अमेरिका टूर स्थगित गरेको थियो। मध्यपूर्वमा बढेको संकटका कारण विमानस्थलहरू प्रभावित भएपछि टेक्सासको डालसमा हुने कन्सर्ट रोकिएको ब्यान्डले जनाएको थियो।
यस्तै चर्चित हिपहप गायक भिटेनले पनि कुवेतमा तय गरिएको कन्सर्ट स्थगित गरेका छन्। आगामी २० मार्चमा हुने कार्यक्रम पश्चिम एसियामा बढेको तनावका कारण अर्को सूचना नआएसम्मका लागि रोकिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
आयोजक नेपाल–कुवेत सरोकार समाजले पनि विज्ञप्ति जारी गर्दै कार्यक्रम स्थगित भएको पुष्टि गरेको छ। कन्सर्ट रोकिएपछि कलाकार र आयोजक दुबैले दर्शकसँग माफी मागेका छन्।
पछिल्ला दुई सातादेखि अमेरिका–इजरायल र इरानबीच खाडी क्षेत्रमा युद्ध जारी छ, जसको असर विभिन्न अन्तर्राष्ट्रिय गतिविधिमा देखिन थालेको छ।
