सुमना श्रेष्ठ–कांग्रेस नेतृत्वबीच संवाद, सहकार्यको सम्भावना
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसको नेतृत्वसँग संवादमा जुटेकी छन्। मंगलबार हुने प्रतिनिधिसभा उम्मेदवारी दर्ताअघि सभापति गगन थापा नेतृत्वको टोलीसँग पार्टी प्रवेश वा सम्भावित सहकार्यबारे छलफल भइरहेको कांग्रेस स्रोतले जनाएको छ। उम्मेदवार छनोटको अन्तिम चरणमा कांग्रेस पुगेको बेला सुमनासँग संवाद जारी रहे पनि अन्तिम निर्णय भइनसकेको बताइएको छ। जेन–जी आन्दोलनपछि रास्वपा छाडेकी सुमना पछिल्लो समय विभिन्न राजनीतिक समूहसँग संवादमा रहँदै आएकी छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
