नेपाली कप्तान सावित्रा भण्डारी (साम्बा) घुँडाको चोटका कारण एक वर्ष मैदानबाहिर

भक्तपुर न्यूज

२३ पुष २०८२ १५:३०

नेपाली कप्तान सावित्रा भण्डारी (साम्बा) घुँडाको चोटका कारण एक वर्ष मैदानबाहिर

नेपाली राष्ट्रिय टिमकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) अस्ट्रेलियाको व्यवसायिक लिग खेल्दा घुँडाको गम्भीर चोटका कारण करिब एक वर्ष मैदानबाहिर रहने पक्का भएको छ। उनले खेलिरहेकी वेलिङ्टन फिनिक्स एफसीका अनुसार, उनको दायाँ घुँडाको एसीएलमा चोट पुष्टि भएको छ। एमआरआई परीक्षणले चोट गम्भीर रहेको देखाएको छ र उनलाई ९–१२ महिनासम्म विश्राम आवश्यक रहेको क्लबले जनाएको छ।

साम्बाको चोट ब्रिसबेन रोअरविरुद्धको राउन्ड ११ खेलको दोस्रो हाफमा गोलरक्षक क्लोई लिंकनसँग ठोक्किँदा भएको हो। यस चोटले उनको पुरानो एसीएल चोट पुनः सक्रिय भएको छ; उनले २०२१ मा पनि घुँडाको शल्यक्रिया गराएकी थिइन्।

क्लबले सामाजिक सञ्जालमार्फत साम्बाप्रति सहानुभूति व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ र छिट्टै मैदानमा फर्कने विश्वास व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय