गाजाको मानवीय संकट गहिरिँदै जाँदा १० देशको संयुक्त चेतावनी

भक्तपुर न्यूज

१६ पुष २०८२ १३:५९

गाजाको मानवीय संकट गहिरिँदै जाँदा १० देशको संयुक्त चेतावनी

गाजामा मानवीय अवस्था झन् जटिल बन्दै गएपछि क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड र बेलायतका विदेश मन्त्रीहरूले संयुक्त रूपमा चिन्ता व्यक्त गरेका छन्। उनीहरूले जारी गरेको वक्तव्यमा गाजाको अवस्था अझै विनाशकारी रहँदै पुनः गम्भीर रूपमा खस्किँदै गएको उल्लेख गरिएको छ।

जाडो मौसमसँगै भारी वर्षा र चिसो बढ्दा खाद्यान्न, औषधि र स्वास्थ्य सेवाको अभावले सर्वसाधारण नागरिकको दैनिकी थप कष्टकर बनेको बताइएको छ। वक्तव्यमा इजरायली सरकारलाई मानवीय सहायता निर्बाध रूपमा प्रवेश गराउन, सीमा नाका खोल्न तथा अन्तर्राष्ट्रिय र संयुक्त राष्ट्रसंघीय संस्थाहरूलाई सहज रूपमा काम गर्न दिने वातावरण बनाउन आग्रह गरिएको छ।

उता, प्यालेस्टिनी सरकारले पनि गाजाका बासिन्दालाई कठोर जाडो र लगातारका आँधी–तूफानबाट जोगाउन अन्तर्राष्ट्रिय समुदायसँग तत्काल सहयोग र राहत सामग्री उपलब्ध गराउन अपिल गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय