ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई २–० ले पराजित गरेको छ। जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले अंकतालिकामा आफ्नो अग्रता थप मजबुत बनाएको छ।
खेलको १२औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत् गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफको ३९औँ मिनेटमा भिल्लारियलका रेनाटो भेइगाले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा सीमित भयो।
दोस्रो हाफको ६३औँ मिनेटमा युवा स्टार लामिन यामलले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए। त्यसपछि भिल्लारियल खेलमा फर्किन नसक्दा बार्सिलोनाले २–० को सहज जित दर्ता गर्यो।
यो जितसँगै बार्सिलोनाले ४६ अंक जोडेको छ।
