चोटका कारण स्पेनका मिडफिल्डर रोड्री विश्वकप छनोटका दुई खेलबाट बाहिर

भक्तपुर न्यूज

२१ असोज २०८२ ८:५४

चोटका कारण स्पेनका मिडफिल्डर रोड्री विश्वकप छनोटका दुई खेलबाट बाहिर

स्पेनका मिडफिल्डर रोड्री आगामी विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन्।


चोटका कारण उनले जर्जिया र बुल्गेरियाविरुद्धका खेलमा खेल्न नसक्ने स्पेनिस फुटबल महासंघ (आरएफईएफ) ले सोमबार जनाएको हो।

म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री आठ महिनाको गम्भीर घुँडाको चोटपछि मे महिनामा मात्र मैदान फर्किएका थिए। तर आइतबार ब्रेन्टफोर्डविरुद्धको प्रिमियर लिग खेलमा पहिलो हाफमै उनी फेरि मैदानबाट बाहिरिनुपरेको थियो।

आरएफईएफले जारी गरेको विज्ञप्तामा भनिएको छ,“यो निर्णय क्लबबाट प्राप्त स्वास्थ्य प्रतिवेदनका आधारमा गरिएको हो।”गत हप्तामात्र सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रोड्री अझै पूर्ण रूपमा फिट नभएको र सातामा तीन खेल खेल्न नसक्ने बताएका थिए। चिकित्सकहरूका अनुसार उनको घुँडाको चोट निको हुन अझै केही महिना लाग्नेछ।

स्पेनले गत महिना समूह ‘ई’ का दुवै खेल जितेको थियो। अब स्पेनले यही शनिबार जर्जियासँगअक्टोबर १४ मा बुल्गेरियासँग घरेलु मैदानमा खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय