पीएसजीमा ‘डबल इन्जुरी’
फ्रान्सका फारवर्ड उस्मान डेम्बेले र डिजाएर डोए चोटका कारण केही सातासम्म मैदान बाहिर रहने भएका छन्।
पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले ‘डबल इन्जुरी’ भएको पुष्टि गरेको हो।
डेम्बेले युक्रेनविरुद्ध शुक्रबार खेलेको खेलमा घाइते बनेका थिए। उनको दायाँ ह्यामस्ट्रिङमा गम्भीर चोट लागेको छ। त्यसैले करिब ६ हप्तासम्म टिमबाट बाहिर रहने क्लबले जनाएको छ।
यस्तै, डोएको दायाँ पिँडुलामा चोट लागेको छ। उनी करिब चार हप्तासम्म मैदानमा फर्किन नसक्ने पीएसजीले जानकारी दिएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
