गजुरीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

भक्तपुर न्यूज

१० भदौ २०८२ ९:५३

गजुरीमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्गमा सोमबार साँझ साढे पाँच बजे पहिरो खस्दा सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो खसेको स्थान इलाका प्रहरी गजुरीदेखि करिब १.५ किलोमिटर पूर्व पर्छ।

सडक खुलाउन प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा १० जना सुरक्षाकर्मी खटिएका छन्। डोजर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भइरहेको र यथाशीघ्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय