गाजामा नरसंहार भएको इजरायली सरकारमाथि आफ्नै मानव अधिकार समूहको आरोप

भक्तपुर न्यूज

१३ साउन २०८२ ७:४६

गाजा । इजरायलका दुई प्रतिष्ठित मानव अधिकार संगठनले गाजामा इजरायली सरकारले नरसंहार गरेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्।

बिटी सेलम र फिजिसियन फर ह्युमन राइट्स इजरायलले हालै गाजाको भ्रमणपछि सार्वजनिक गरेको रिपोर्टमा इजरायलको सैन्य कारबाहीलाई ‘नरसंहार’ भनेर परिभाषित गरिएको छ।

उनीहरूले गाजाको बिग्रँदो मानवीय र स्वास्थ्य अवस्थालाई आधार बनाएर यस्तो निष्कर्ष निकालेका हुन्।

तर, इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले उक्त रिपोर्टलाई अस्वीकार गर्दै “नरसंहार नभएको” प्रतिक्रिया दिएका छन्। इजरायली विदेश मन्त्रालयले पनि रिपोर्टलाई राजनीतिक पूर्वाग्रही भन्दै अस्वीकार गरेको छ।

सरकारको भनाइमा ७ अक्टोबरको हमास आक्रमणपछि इजरायलले आत्मरक्षाका लागि कारबाही थालेको र लक्ष्य केवल हमास रहेको दाबी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय