कपाल कसरी झर्छ? समस्याको उपचार के हुन् ?
कपाल झर्ने १२ कारण
शारीरिक तनाव
शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ । तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ । कपालको एउटा निश्चित चक्र हुन्छ स् बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । न्युयोर्कका छालारोग विशेषज्ञ डा। मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ ।
गर्भधारणका बेला
गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो । यस्तो अवस्थामा पनि कपाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ ।
बढी भिटामिन सेवनका कारण
अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ । वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रोकिन्छ ।
प्रोटिनको अभाव
अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ ।
पुरुषको तालुखुईलेपन
तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । यसमा जिन र पुरुष हर्मोनले मुख्य भूमिका खेलेका हुन्छन् । कपाल झर्ने यस्तो अवस्था रोक्न केही मल्हम पाइन्छन् भने कपाल रोप्न कस्मेटिक सर्जरी पनि गर्न सकिन्छ ।
वंशाणुगत
पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ । निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ ।
मानसिक तनाव
शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ । कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ । त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ ।
एनिमिया
एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ । यसका कारण कपाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन् । आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन् ।
हाइपोथाइरोडिजम
घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।
भिटामिन बीको कमी
अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।
केमोथेरापी
क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ ।
कपाललाई अनावश्यक स्टाइल दिँदा
कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् ।
कपाल झर्ने समस्याबाट मुक्ति
यदि तपाई कपाल झर्ने समस्याबाट पिडित हुनुहुन्छ भने भोजनमा ध्यान दिनु आवश्यक छ । पौष्टिक भोजनको मद्दतबाट कपाल झर्ने समस्याबाट मुक्त हुन सकिन्छ । आफुले खाने खानामा यि पाँच कुरा समाबेश गर्नुहोस् जसले तपाईको कपाल झर्ने समस्याबाट मुक्ति दिलाउँछ ।
अण्डा
‘बायोटिन’ र ‘भिटामिन’ले भरिएको अण्डा कपालको विकास र स्वास्थ्यको लागी राम्रो चिज हो । अण्डा खाने बाहेक यसलाई ओलिभ तेलसँग मिलाएर कपालमा लगाउन सकिन्छ । २ वटा अण्डा सँग ४ चम्चा तेलको मात्रा प्रयोग गर्नुहोस् र यसलाई टाउकोमा लगाउनुहोस् । यसले कपाललाई सुन्दर र बलियो बनाउँछ ।
पालुङ्गो
आइरन र फोलेटको राम्रो स्रोत, कपालको विकासको लागी पालुङ्गो लाभदायक छ । यसमा हुने फोलेट ले राता रक्तकोशिकाहरुको निर्माणमा सहयोग पुर्याउँछ । जसले कपाललाई अक्सिजन प्रदान गर्छ । भोजनमा पालुङ्गो सलादको रुपमा पनि लिन सकिन्छ ।
भेँडे खुर्सानी
राता, पहेंलो र हरीयो रंगमा पाईने भेँडे खुर्सानीमा ‘भिटामिन सी’ अत्यधिक मात्रामा हुन्छ । जुन कपालको स्वास्थ्यको लागी जरुरी हुन्छ । ‘भिटामिन सी’ को कमिको कारणले कपालमा रुखापन बढ्छ अनी झर्न थाल्छ । यसकारण कपाललाई सुन्दर बनाउन अनी झर्नबाट रोक्न भेँडे खुर्सानी उपयोगी खाना हो ।
मुसुरोको दाल
टोफु, भट्टमास , स्र्टार्चयुक्त सिमि तथा मटर शाहाकारी व्यक्तिहरुको लागी फलामको राम्रो स्रोत हो । यि र यस्ता दालका परिकार कपालको विकासको लागी जरुरी हुन्छ ।
शखरखण्ड
कपालको विकासको लागी ‘भिटामिन’ अनी ‘बिटा केरोटिन’ महत्वपुर्ण हुन्छ । जुन शखरखण्डबाट प्राप्त हुन्छ । यसका साथै गाजर पनि बिटा केरोटिनको राम्रो माध्यम हो ।