इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत दबाबमा, बेन स्टोक्सको प्रभावशाली प्रदर्शन

भक्तपुर न्यूज

९ साउन २०८२ ७:३७

इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारत दबाबमा, बेन स्टोक्सको प्रभावशाली प्रदर्शन

काठमाडौं । भारत र इंग्ल्यान्डबीच जारी दोस्रो टेस्ट क्रिकेटमा भारत दबाबमा परेको छ। म्यानचेस्टरमा भइरहेको खेलमा इंग्ल्यान्डका कप्तान बेन स्टोक्सको उत्कृष्ट बलिङ प्रदर्शनपछि भारत पहिलो इनिङमा ३५८ रनमै समेटिएको छ।

स्टोक्सले पाँच विकेट लिए भने जोफ्रा आर्चरले तीन विकेट हात पार्न सफल भए। भारतका यशस्वी जयसवालले ५८, साइ सुदर्शनले ६१ तथा चोटपछिको कमब्याक गरेका ऋषभ पन्तले ५४ रनको योगदान दिए। पन्तलाई खेलको पहिलो दिनमै चोट लागेपछि मैदानबाट बाहिरिएको थियो भने दोस्रो दिन ब्याटिङमा फर्किएका थिए।

इंग्ल्यान्डले जवाफी ब्याटिङमा राम्रो सुरुआत गरेको छ। ज्याक क्रोलीले ८४ रन तथा बेन डकेटले ९४ रन बनाए। डेब्यु गरेका भारतीय बलर अशुल खम्बुजले आफ्नो पहिलो विकेटको रूपमा डकेटलाई आउट गर्दै टोलीलाई सफलता दिलाए।

खेलको तेस्रो दिन इंग्ल्यान्डका जोए रुट ११ रन र ओलिप पोप २० रनबाट खेल सुरु गर्ने छन्।

टस जितेर फिल्डिङ रोजेका कप्तान बेन स्टोक्सको निर्णय अहिलेसम्म सफल देखिएको छ। यदि इंग्ल्यान्डले यो खेल जित्यो भने म्यानचेस्टरमा पहिला फिल्डिङ गर्ने टोलीको ऐतिहासिक जितका रूपमा यो निर्णय याद रहनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय