नेपालमा एक वर्षमा ४० अर्बभन्दा बढीको मोबाइल, ल्यापटप र स्मार्टवाच आयात

भक्तपुर न्यूज

८ साउन २०८२ ९:०९

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा नेपालमा ४० अर्ब रुपैयाँभन्दा बढी मूल्य बराबरको मोबाइल फोन, ल्यापटप र स्मार्टवाच आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार यी तीनवटै प्रविधिजन्य सामानको आयातमा उल्लेखनीय वृद्धि देखिएको छ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा २१ लाख ८४ हजार ६ सय ९४ थान मोबाइल फोन नेपाल भित्रिएका थिए, जसको मूल्य ३५ अर्ब ५४ करोड ७३ लाख ४२ हजार रुपैयाँ पुगेको छ। मोबाइल फोनको यो आयातबाट सरकारले ६ अर्ब ६२ करोड ७६ लाख ३७ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।

त्यस्तै, आठ अर्ब ८२ करोड ९६ लाख २५ हजार रुपैयाँ बराबरका एक लाख २९ हजार ५९ थान ल्यापटप तथा नोटबुक आयात भएका छन्।

यसैगरी, एक लाख ७३ हजार ६ सय ७८ थान स्मार्टवाच आयात हुँदा त्यसको मूल्य २४ करोड ४५ लाख ६२ हजार रुपैयाँ पुगेको छ।

प्रविधिमा बढ्दो निर्भरता, अनलाइन शिक्षादेखि व्यवसायिक प्रयोजनसम्मको माग तथा उपभोक्ताको रोजाइमा आएको परिवर्तनले आयात दर उच्च देखिएको विश्लेषण गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय