दुई दशक कोमापछि सधैंका लागि अस्ताए साउदीका राजकुमार खालिद

भक्तपुर न्यूज

४ साउन २०८२ ८:२६

दुई दशक कोमापछि सधैंका लागि अस्ताए साउदीका राजकुमार खालिद
काठमाडौं । साउदी अरबका ‘सुत्ने राजकुमार’का रूपमा चिनिने राजकुमार अल वालिद बिन खालेद बिन तलाल अल साउदको ३६ वर्षको उमेरमा निधन भएको छ।
विनाशकारी कार दुर्घटनापछि २००५ देखि कोमामा रहेका राजकुमारले दुई दशकपछि शनिबार अन्तिम सास लिए। उनी साउदी राजपरिवारका प्रभावशाली सदस्य खालिद बिन तलालका छोरा र अर्बपति राजकुमार अल वालिद बिन तलालका भतिजा थिए।
१५ वर्षको उमेरमा लन्डनमा अध्ययनरत रहँदा दुर्घटनामा परेका उनी त्यसयता होशमा फर्किन सकेका थिएनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय