चीनको आर्थिक वृद्धिमा अब जनताको खर्च मुख्य इन्जिन : मन्त्री वाङ

भक्तपुर न्यूज

३ साउन २०८२ ९:३०

चीनको आर्थिक वृद्धिमा अब जनताको खर्च मुख्य इन्जिन : मन्त्री वाङ
बेइजिङ । पछिल्ला चार वर्षमा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिमा आन्तरिक खर्चले औसत ६० प्रतिशत योगदान दिएको चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओले बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाङले जनताको खर्च आर्थिक वृद्धिको मुख्य आधार बन्दै गएको उल्लेख गरे। जनजीवनमा सुधार, रोजगारी वृद्धि, सेवा क्षेत्रको विकास र प्रविधिको प्रयोगका कारण खर्च गर्ने क्षमतामा उल्लेखनीय वृद्धि भएको उनको भनाइ छ।
सरकारले खर्च सहज बनाउन नीति परिवर्तन, बजार पहुँच विस्तार र लगानीमैत्री वातावरण निर्माणमा जोड दिएको जानकारी वाणिज्य मन्त्रालयले दिएको छ।चीनले अघिल्लो दशकसम्म लगानी र निर्यातमा निर्भर अर्थतन्त्रलाई अहिले देशभित्रको खपत र सेवा क्षेत्रमा आधारित बनाउने रणनीति अपनाएको छ। दीर्घकालीन आर्थिक स्थायित्वका लागि जनताको खर्च निर्णायक बन्ने मन्त्री वाङको धारणा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय