वामदेव–माधव अंकमाललाई सूर्य थापाको व्यंग्य : “लगनपछिको पोते”
काठमाडौं ।नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा समाहित भएपछि अध्यक्ष माधवकुमार नेपालसँग गरिएको अंकमालको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ।
अनेक प्रकारका टिप्पणी भइरहेका बेला एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले भने उक्त अंकमालमाथि तीखो व्यंग्य गर्दै “लगनपछिको पोते” को संज्ञा दिएका छन्।
थापाले फेसबुकमा लेखेका छन्, “वामदेवमा माधवकुमारको आनन्द : अर्थ न बर्थको ७७ र ७३ वर्षीय अंकमाल! ऊर्जा बेगरको अभिनय। २०५४ सालमा यो मतिले काम गरेको भए…? अनि, नि:सर्त रूपमा विभाजनप्रति पश्चात्ताप गर्दै यस्तो गरेको भए…? लगनपछिको पोते!
उनको उक्त टिप्पणी राजनीतिक वृत्तमै मात्र होइन, सामाजिक सञ्जालमा पनि व्यापक रूपमा चर्चामा आएको छ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
