एक कलाकारको जीवन पैसाको जोहो गर्न नसक्दा अन्त्य भयो

भक्तपुर न्यूज

३ साउन २०८२ ९:२३

एक कलाकारको जीवन पैसाको जोहो गर्न नसक्दा अन्त्य भयो

काठमाडौं । तेलुगु फिल्म उद्योगका लोकप्रिय हास्य अभिनेता फिश वेंकटको ५३ वर्षको उमेरमा मिर्गौला र कलेजो फेल भएर निधन भएको छ।

वास्तविक नाम वेंकट राज रहेका उनी डायलाइसिसमा थिए र भेन्टिलेटरमा राखिएका थिए। मिर्गौला प्रत्यारोपण आवश्यक थियो तर ५० लाख रुपैयाँ जुट्न नसक्दा उपचार अगाडि बढ्न सकेन।

छोरीले आर्थिक सहयोगको अपिल गरेकी थिइन्। एक व्यक्तिले प्रभासका सहायकको नाममा सहयोग गर्ने बताएका थिए, तर पछि त्यो नक्कली भएको खुलेको थियो।

‘बन्नी’, ‘अधुर्स’, ‘धी’ लगायत थुप्रै फिल्ममा काम गरेका वेंकट हालै कफी विथ अ किलरु फिल्ममा देखिएका थिए। उनी श्रीमती र तीन सन्तान सहितको परिवारमा बाँचेका थिए। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय